एमाले उम्मेदवार सुनिताविरुद्ध अख्तियारमा उजुरी

वैशाख २०, काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरका बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलब लिएको भन्दै अख्तियारमा उजुरी परेको हो । उनीविरुद्ध परेको उजुरीमा समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने दाबी गरिएको छ । ‘काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुन पर्ने निकायमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्ति काठमाडौं महानगरपालिका वडा २१ फसिगाँ बस्ने सत्तु डंगोलकी छोरी सुनिता डंगोलले आफूले प्राप्त नगरेको स्नातकोत्तर योग्यता प्राप्त गरेको छु भनि आफ्नो शैक्षिक योग्यता ढाँटी विगत ५ वर्षदेखि काठमाडौं मनपाको शहरी विकास परियोजनाको सल्लाहकारमा नियुक्त लिइ मासिक रु ८० हजार गैह्र कानुनी रुपमा प्राप्त गर्नु भएको छ ।’ अख्तियारमा डंगोलविरुद्धको उजुरीमा भनिएको छ ।

डंगोलविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को कसुरमा सजय गराई उनले प्राप्त गरेको रकम तथा जरीवानासमेत असुल गराउन समेत निवेदनमा माग गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.