वैशाख १८, काठमाडौं । सरकारले राजु अर्याललाई सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त गरेको छ । मन्त्रिपरिषदको आज सम्पन्न बैठकले एआईजी अर्याललाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।
एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबारदेखि अवकाश पाउँदैछन् । सशस्त्र प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आईजीपी नियुक्त गर्नुपर्ने व्यवस्था छ । सशस्त्रमा अर्याल आईजीपीका लागि एक्ला दाबेदार थिए । अहिलेका आईजीपी पुष्पराम केसीले आजैदेखि अवकाश पाउँदै छन् ।

