वैशाख १८, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले घरघरमा भोट माग्न आउने नेताहरूसँग नागरिकले ‘करारनामा’ गरेर राख्नुपर्नेमा जोड दिएका छन् । लोकतन्त्र र जवाफदेहिताको संदेश दिन आफ्नो टिमले यो अभियान थालेको उनको भनाइ छ ।
आइतबार उनले सामाजिक सञ्जालमा ‘करारनामा’को खाका समेत प्रस्तुत गरेका छन् । सोही लिखतको आधारमा निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्नुपर्नेमा उनको जोड छ ।



