काठमाडौंमा बिहानैबाट मेघ गर्जनसहित वर्षा, सोमबारसम्म मौसम नखुल्ने

वैशाख १७, काठमाडौं । काठमाडौंमा आज बिहानैबाट मेघगर्जन सहित पानी परिरहेको छ । दिउँसो केही समय मौसम खुले पनि पुनः पानी पर्ने र बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिल देशको अधिकांश भू(भागमा आंशिकदेखि सामान्य बदली छ । वाग्मती र गण्डकी प्रदेशको तराई भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकासँगै प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागमा मौसम बदली रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । “यो मौसम अझै केही दिन यस्तै रहन्छ,” मञ्जु भन्छिन्, “सोमबारसम्म मौसममा बदली हुन्छ । हल्कादेखि मध्यम वर्षा हुन्छ । मंगलबारबाट मौसम खुल्छ ।” हाल नेपालमा स्थानीय वायू, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालकोसमथल भू– भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायूको प्रभाव रहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.