बौद्ध सिमलटारका एमाले तीन नेताहरु काँग्रेस प्रवेश

वैशाख १५, काठमाडौँ । नेकपा एमाले बौद्ध सिमलटारका तीन पुरानो नेताहरु पुषकर चालिसे, मनबहादुर थापा र राम केशर राउत एमाले परित्याग गरि काँग्रेस प्रवेश भएका छन् ।

नेकपा एमाले काठमाडौँ महानगर कमिटि सदस्य एवम् बौद्ध वडा नं. ६ का पार्टी इन्चार्ज समेत रहेका चालिसे ३० वर्षसम्म एमालेको राजनीति गरेपनि पार्टीभित्र व्यक्तिवाद, अहंकार र अवसरवादतर्फ उन्मुख भएको भन्दै पार्टी त्यागेर काँग्रेसमा प्रवेश गरेका गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित पार्टीले आयोजना गरिएको एक कार्यक्रममा एमाले नेताहरुलाई काँग्रेस प्रवेश गराएका हुन् ।

दुई नेताहरुको काँग्रेस प्रवेशपछि काठमाडौँ क्षेत्र नं. ३ मा एमाले कमजोर बन्दै गएको केही नेताहरुको भनाई छ । पार्टी प्रवेश कार्यक्रममा विमल ठकुरी, परशुराम पोखरेल, सन्तोष चालिसे लगायत नेपाली काँग्रेसका नेताहरु सहभागी रहेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.