प्रधानमन्त्रीको निवासअगाडि निर्माण व्यवसायीको धर्ना

वैशाख १५, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा आजदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिइने भएको छ ।

विभिन्न शान्तिपूर्ण कदम चाल्दा पनि आफ्ना माग पूरा नभएकोले बाध्य भएर धर्ना दिनुपरेको व्यवसायीको भनाइ छ । उनीहरूले माग पूरा नहुन्जेलसम्म बिहान ९ देखि १० बजेसम्म प्रधानमन्त्रीको निवासअगाडि धर्ना दिने बताएका छन् ।

व्यवसायीले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटिलगायत विषय संशोधन तथा खारेजीको माग गर्दै आएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.