एमालेको उपमेयर उम्मेदवारी खारेज हुने खतरा

वैशख १४, विराटनगर । आसन्न स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाका लागि नेकपा एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी शिल्पा निरौला कार्कीसहित चारविरुद्ध उजुरी परेको छ ।

कार्कीले कोसी अस्पताल सञ्चालक समितिको सदस्यबाट राजीनामा नदिएई उपमेयरमा उम्मेदवारी दिएकी थिए । सरकारी सेवा नत्यागी उम्मेदवारी दिएपछि कार्कीको उम्मेदवारीविरुद्ध जसपाको तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएका हुन् ।

कार्कीले मंगलवार मात्र राजीनामा पत्र बुझाएको कोसी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. यज्ञराज खरेलले बताए । उम्मेदवारी दर्ता गराएपछि उनले बुझाएको राजीनामा पत्र तोक लगाएर दर्ता नगरी राखिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.