मनोनयनको पहिलो दिनः १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

वैशाख ११, काठमाडौं । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मनोनयनको पहिलो दिन देशका बिभिन्न पालिकाका बिभिन्न पदका लागि १० हजार ५३३ उम्मेदवारी जनाको उम्मेदवारी दर्ता भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी दर्ताको यो प्रारम्भिक तथ्याङ्क हो । आज पहिलो दिन भएकाले धेरैजसो स्थानीय तहमा स्वतन्त्र र साना दलले मात्र उम्मेदवारी दर्ता गरेका छन् । सोमबार बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय छ । ठूला दलहरुको उम्मेदवारी दर्ता नभएकाले सोमबार बढी प्रेसर हुने आयोगले अनुमान गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहमा धेरै संख्यामा उम्मेदवारी दिने भएकाले भीडभाड नहोस् भन्नका लागि दुई दिनको समय उपलब्ध गराउने निर्णय गरिएको थियो ।

तर, पहिलो दिन सोचे अनुसार सहज हुने गरी उम्मेदवारी दर्ता नभएकाले सोमबार प्रेसर हुने अनुमान छ । निर्वाचन कार्यक्रम अनुसार सोमबार नै उम्मेदवारहरुको नामावलीको सूचि प्रकाशित गर्नुपर्ने हुन्छ । मंगलबार दावी विरोधको समय निर्धारण गरिएको छ । बुधबार र बिहीबार दावीविरोध उपर जाँचबुझ गर्ने र शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । आयोगका अनुसार १७ गते शनिवार उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.