खेलाडी संघको अध्यक्षमा विक्रम लामा

वैशाख ११, काठमाडौं । थ्री स्टार क्लबका अध्यक्ष विक्रम लामा आइतबार फुटबल खेलाडी संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन, सुजल श्रेष्ठ र विकेश कुथु उपाध्यक्षमा निर्वाचित भएका छन् । रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तिमगर, सरोज दहाल, रोहित चन्द र विशाल श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् । अघिल्लो पटक राजेश मानन्धरले अनिल गुरुङलाई हराउँदै अध्यक्ष भएका थिए । विराज, सुजल र विकेश अघिल्लो कार्यसमितिमा पनि उपाध्यक्ष नै थिए । सदस्यमा भने सबै नयाँ अनुहार आएको छ ।

निर्वाचित कमिटीले महासचिव र कोषाध्यक्ष पछि नियुक्त गर्ने छ । नव निर्वाचित अध्यक्ष विक्रम लामाले खेलाडीको सर्वाङ्गीण हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचित कमिटीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रमाणपत्र प्रदान गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.