वैशाख १०, काठमाडौँ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको चर्चा चलिरहेको बेला देशभर पाँच दल गठबन्धन र एमाले लगायत अन्य राजनीतिक दलहरु आफ्नो बलियो उम्मेद्वार छान्ने तरखरमा रहेको छ ।
त्यस्तै रामेछापको मन्थली नगरपालिकामा नेकपा एमालेले लब श्रेष्ठलाई मेयरको उम्मेदवार बनाएको छ । एमाले रामेछापका प्रभावशाली र सालिन नेताको छवि बनाएका श्रेष्ठलाई एमालेले सर्वसम्मत रुपमा मन्थली नगरपालिकाको मेयरको प्रत्याशीमा उभ्याएको हो ।
श्रेष्ठ एमाले रामेछापको जिल्ला अध्यक्षका आकांक्षी समेत थिए । उनले अन्तिममा दाबेदारी छोडेका थिए । त्यस्तै, उपमेयरको उम्मेदवारमा इश्वरी बस्नेत सर्वसम्मत चयन भएकी छिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि १४ वटा वडा रहेको मन्थलीमा मेयर र उपमेयर एमालेले जितेको थियो । एमालेले जुनसुकै गठबन्धन आएपनि मन्थली नगरपालिकामा एमालेले जीत हासिल गर्ने दावी गर्दै आएका छन् । उम्मेद्वारी मनोनयन दर्ता वैशाख ११ र १२ गते रहेको छ ।

