वैशाख ९, काठमाडौं । सिन्धुपाल्चोकका हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पदबाट राजीनामा दिएका छन् । उनले निर्वाचनमा पुनः अध्यक्ष पदमा उमेदवारी दिनका लागि पदबाट राजीनामा दिएका हुन् ।
शेर्पाले यसअघि बाहलवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । तर, सर्वोच्चले उनको रिट खारेज गरेसँगै बहालवाला जनप्रतिनिधिले उमेदवारी दिन पुनः राजीनामा दिनुपर्ने भएको छ । २०७४ को स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनले पुनः अध्यक्षमा उमेदवारी दिन लागेको जानकारी दिएका छन् ।


