व्यवसायी रोहित तिवारीसँग केकी अधिकारीको विवाह

काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छन् । बिहीबार केकीले उनले व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् ।

तिवारी ‘हाम्रो बजार डट कम’ का सीईओ हुन् । उनी ‘फुड म्यारियो’ का पनि सीईओ तथा को–फाउन्डर पनि हुन् । “आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउदा अत्यन्तै हर्षित छु। जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले  उपहारस्वरूप यहाहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ,” केकीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.