अदालतद्धारा प्रहरी उपरिक्षक डा. रेग्मी पर्सामा सम्मानीत

सत्यराज घिमिरे
भदौ १, वीरगंज ।  पर्साबाट सरुवा भई हाल प्रहरी प्रधान कार्यालय रहेका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीलाई जिल्ला अदालत पर्साले प्रशंसा पत्र द्धारा पुरस्कृत गर्दै सम्मान गरेको छ ।

छिटो छरितो न्याय र सबैका लागि न्याय अन्तर्गत प्रहरी उपरिक्षक डा. रेग्मीलाई उच्च अदालत जनकपुरको अस्थायी इजलाश बीरगंजले पर्साबाट सरुवा भएको करीब ३ महिनापछि पुरस्कृत गरेको हो । विहिवार एक कार्यक्रमका विच उच्च अदालतका मुख्य न्यायाधिश कुमार प्रसाद पोखरेल र जिल्ला अदालत पर्साका मुख्य न्यायाधिश नागेन्द्रलाल कर्णले प्रशंसा पत्र द्धारा सम्मान गरेका हुन् ।

अदालतबाट लागेको कैद, दण्ड, जरिवाना असुल गर्ने कार्यमा रेग्मीले पु¥याएको सहयोग र योगदानको उच्च कदर गर्दै सम्मान गरीएको प्रंशासा–पत्रमा उल्लेख गरीएको छ । आर्थिक बर्ष ०७४÷०७५ को अवधीमा अदालतलाई सहयोग गर्ने प्रहरीलाई पुरस्कृत गर्दा उपरिक्षक डा। रेग्मी र वडा प्रहरी कार्यालयका बहालवाला प्रहरी निरीक्षक कुमार मैनाली परेका हुन । आर्थीक वर्ष ०७३÷७४ मा ४७ जना मात्रै फरार अपराधी पक्राउ परेको पर्सामा डा। रेग्मीले आफ्नो साढे सात महिने कार्यकालमा अभियान नै चलाएर ३ सय ५८ जना फरार अपराधि पक्राउ गरेका थिए । रेग्मीले प्रहरी कर्मचारी र ईकाई विच प्रतिश्पर्धा नै गराएर फरार अपराधि पक्राउ गर्ने अभियान चलाएका थिए ।


उपरीक्षक डा. रेग्मीको पालामा गम्भीर प्रकृतीको अपराधहरुमा सफल अनुसन्धान भएका थिए । होलीको समयमा वीरगंज ९ स्थित भारतीय महावाणिज्य दुतावास नजिक लालबंगलामा उमेश चौरसियालाई गोली हानिएको घटनामा संलग्न बाराका विकेन्द्र कुमार गुप्ता, गोली हान्ने बारा परवानीपुर निवासी मनोज गुप्ता भन्ने मनोज साह कानु, सहयोगीहरू मुन्ना साह कानू र गोली हान्न लगाउने पिडितकै पत्नी प्रियंका चौरसिया लाई घटनामा प्रयोग भएको पेस्तोल, गोली, खोका, सवारी साधन सहित २४ घण्टाभित्र पक्राउ गरीएको कुरा वीरगंजमा निकै चर्चित रहेको छ ।

आन्तरीक शुद्धिकरण
अपराधको खिलाफमा शून्य सहनशीलता अपनाउने उपरिक्षक डा. रेग्मीले आन्तरिक शुद्धीकरणका लागि पनि प्रशस्तै काम गरेका थिए । अपराध नियन्त्रण गर्न सवैभन्दा पहिला संगठन भित्रकै समस्यालाई समाधान गर्नुपर्ने बताउँदै डा। रेग्मीले प्रहरी कर्मचारीहरूलाई दुई पटक सम्म घुस सहित आफैले समातेका थिए । सवारी चालक अनुमती पत्रमा नक्कली परिक्षार्थी बनेको प्रहरीलाई नै पक्राउ गरी उनले मुद्दा चलाएका थिए । यसैगरी म्यादी प्रहरी छनौटमा प्रहरीलाई घुस खुवाउन खोज्ने चार जनालाई पक्राउ गरेका थिए । त्यसक्रममा सामाजिक सञ्जाल मार्फत ठगी गर्नेहरुलाई समेत पक्राउ गरीएको थियो ।

सामाजिक कार्यमा योगदान
वीरगंज महानगरलाई थप सुरक्षीत बनाउन सिसी क्यामरा जडान गर्नका लागि महानगरपालिका र वीरगंज उद्योग वाणिज्य संघ सँग समन्वय गरी च्यारीटी शो समेत गरेर रकम संकलन गरी नगर सिसिटिभीयुक्त बनाईएको थियो । लागुऔषध विरुद्धको महाअभियान, हुण्डी र अवैध मिनी क्यासिनो समातिएको थियो । मापसे गरी जथाभावि सवारी साधन चलाउनेलाई सार्वजनिक मुद्धा चलाउने, जथाभावि लाउड स्पीकर बजाई ध्वनी प्रदुषण गर्नेलाई समेत कारवाहि गरीएको थियो । निकै सरल स्वभावका उपरिक्षक डा। रेग्मी सर्वसाधरणका सवै कुरा सुन्ने र कानुन सम्मत निर्णय लिने एक शालिन व्यक्तित्वका रुपमा चिनिँदै आएका छन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.