पहाडी भू–भागमा चट्याङ्सहित वर्षाको सम्भावना

वैशाख ८, काठमाडौं । पहाडी भू–भागका केही क्षेत्रमा आज पनि वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.