वैशाख ६, काठमाडौं । डोल्पाका दुई गाउँपालिका अध्यक्ष नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । अंगतकुमार राना र सेनाङ गुरूङ एमाले छोडेर समाजवादीमा प्रवेश गरेका हुन् ।
०७४ मा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित अंगतकुमार राना र सेनाङ गुरूङले पार्टी छोडेका हुन् । राना काइके गाउँपालिका र गुरूङ छार्का ताङसोङ गाउँपालिका अध्यक्ष हुन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीले लिएको राजनीतिक कदम उचित भएको बताएका छन् ।


