प्यारालाइसिसको बहाना बनाएर वीर अस्पतालबाट भागेका थुनुवा पक्राउ

बैशाख ५, काठमाडौं । प्यारालाइसिसको बहाना बनाएर वीर अस्पतालबाट उपचारका क्रममा फरार भएका थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ कुञ्‍चोक करमडाँडा का ४५ वर्षीय राजेश तिरुवा छन् ।

बलात्कार मुद्दामा उनी केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा थिए । आफूलाई प्यारालाइसिस भएको बताएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । सोही क्रममा उनी गत चैत २९ गते अस्पताल हाताबाट भागेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बूढानीलकण्ठ नगरपालिका–१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनलाई केन्द्रीय कारागार पठाइएको परिसर काठमाडौंले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.