माओवादी केन्द्रबाट गोकर्णेश्वरमा मेयर पदका लागि पेमा छिरि शेर्पा सिफारिस

चैत ३०, काठमाडौँ । स्थानीय तह निर्वाचनको चर्चा देशभर चलिरहेको छ । पाँच सत्तारुढ दल र अन्य दलहरु आ–आफ्नै चुनावी एजेण्डा बोकी चुनावी चहलपहलमा जुटिरहेको बेला काठमाडौँ क्षेत्र नं. ३ गोकर्णेश्वर नगरपालिकाको मेयर पदका लागि नेकपा माओवादी केन्द्रबाट पेमा छिरि शेर्पाको नाम सिफारिस भएको छ ।

नेकपा माओवादी केन्द्र बागमति प्रदेश परिषद सदस्य एवम् गोकर्णेश्वर नगर इन्चार्ज समेत रहेका शेर्पा विगतका पृष्ठभूमि समाजसेवी, शिक्षासेवी तथा राजनीतिक क्षेत्रमा सक्रिया भूमिका निभाउँदै आएका छन् । सामाजिक रुपान्तरणसहित समाजको हितका लागि काम गर्दै आएका पेमा छिरि शेर्पा पारदर्शी समाज निर्माणका पक्षमा उभिने र आम समुदायलाई सचेत गराउन लागि परेका व्यक्तित्व हुन् । सञ्चार क्षेत्रको पुष्ठभूमिबाट आएका शेर्पा राजनीतिक संस्कारको विकासमा परिवर्तन ल्याउन निरन्तर रुपमा लागि परेका छन् ।

सहजै रुपमा आफ्नो क्षमता र कार्य कुशलता प्रस्तुत गरेर सिंगो नगरवासीहरुको भावनाअनुरुप कार्य सम्पादन गर्न आफ्नो उम्मेद्वार रहेको उनको दावी छ । माकलबारी टोल सुधार समितिका अध्यक्ष समेत रहेको शेर्पाले सिंगो नगरभित्रका टोल बस्ती विकास, निर्माण तथा सामाजिक कार्यहरुमा चुस्तदुरुस्त बनाउन आवश्यक रहेकोले आफ्नो मेयर पदका लागि आफ्नो उम्मेद्वार हुने बताए । इमन्दार र शैक्षिक व्यक्तित्व समेत रहेका शर्पालाई नगरवासीको साथ सहयोग पाउनेमा विश्वास व्यक्त गर्दै पार्टी र आफुले बनाएको योजना तथा घोषणापत्रमार्फत नगरपालिकाको रुपान्तरणका लागि काम गर्ने बताए ।

चुनावी तालमेल समेत ह्ुने संकेत आएको भन्दै नेकपा एकीकृत समाजवादीले आफुलाई सहयोग गर्ने बताउँदै सत्य, इमान्दार र योग्य नेतृत्व जिताउनका लागि नगरवासीहरुलाई आह्वान गरेका छन् । हाम्रोतर्फबाट पनि मेयर पदका उम्मेद्वार पेमा छिरि शेर्पालाई अग्रिम शुभकामना ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.