शिक्षामन्त्री पौडेल र क्यान्डाका राजदूत मकाईबीच भेटवार्ता

चैत २९, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवसिय महामहिम राजदूत क्यामेरन डिन मकाईसँग शिष्टचार भेटवार्ता भएको छ ।

मंगलबार मन्त्रालयमा शैक्षिक विकासका लागि मन्त्री पौडेल र राजदूत मकाईबीच शिष्टचार भेटवार्ता भएको हो । भेटवार्तामा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाई दिँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न क्यानडा सरकारलाई आग्रह गर्नुभयो । उच्च शिक्षा तथा प्राविधिक शिक्षाको क्षेत्रमा नेपालका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमको कोटा वृृद्धि गरी आवश्यक जनशक्ति व्यवस्थापनमा सहयोग पु¥याउन मन्त्री पौडेलले आग्रह गर्नुभयो ।

‘वर्षेनी २ देखि ३ हजार विद्यार्थी क्यानडामा उच्च शिक्षा तथा प्राविधिक शिक्षाका लागि जाने गरेका छन्’, मन्त्री पौडेलले भन्नुभयो, ‘विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमका कोटा वृद्धि भएमा विद्यार्थी र कर्मचारीले शैक्षिक लाभ लिई नेपालको लागि आवश्यक पर्ने उच्च दक्षता भएको जनशक्ति व्यवस्थापनमा सहयोग पुग्नेछ ।’ नेपालले विद्यालय शिक्षा क्षेत्राम रुपान्तरणकारी विकास गर्न १० वर्षे योजना तर्जुमा गरेको बताउँदै यसको सफल कार्यान्वयनमा क्यानडा सरकारबाट सहयोगको अपेक्षा गर्नुभयो । महामहिम राजदूत मकाईले शिक्षा र प्राविधिक शिक्षा क्यानडाको पहिलो प्राथमिकतामा रहेको भन्दै नेपालमा पनि शैक्षिक विकासमा सहयोग गर्ने आश्वासन दिनुभयो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.