चैत २८, काठमाडौं । सत्ता गठबन्धनले आज सयुक्त अपिल जारी गर्ने भएको छ । आज बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार स्थानीय तहमा गठबन्धन गर्नका लागि मापदण्ड बनाउने, कुन दललाई कहाँ के–के दिने भन्ने टुंगो लगाइनेछ । त्यो आज स्थानीय तहलाई सर्कुलर गर्ने तयारी छ । बैठक जारी छ ।

