हिसानको आठौं राष्ट्रिय महाधिवेशन चैत २५ र २६ गते

चैत २४, काठमाडौँ । नीजि क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाहरुको साझा छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले आठौं राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने भएको छ । ‘शिक्षा विकासमा सार्थक साझेदारीः हिसानको योगदान र जिम्मेवारी’ भन्ने मुल नाराका साथ आठौं राष्ट्रिय महाधिवेशन चैत २५ र २६ गते सम्पन्न गर्ने भएको छ ।

काठमाडौँमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारीबारे जानकारी दिदै नेपालमा हिसानको आठौं राष्ट्रिय महाधिवेशन र सोही अवसरमा शिक्षाको सबलिकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा हिसान शिक्षा बहसको हुने बताएको छ । बुढानिलकण्ठा स्थित पार्क भिलेज रिर्सोटमा हुने उक्त सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने जानकारी गरमउँदै महाधिवेशनमा नेपालभर संचालित निजी शिक्षालयहरूवीचको एकतालाई मजबुत तुल्याउन, निजी शिक्षालयहरूको समस्या पहिचान गरी सामूहिक रूपमा समस्या समाधान गर्न, नीति निर्माणमा सकारात्मक भूमिका खेल्न तथा शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा महत्वपूर्ण योगदान पु¥याई स्वस्थ प्रतिस्पर्धामार्फत गुणस्तरीय शिक्षा प्रदान गर्नेमा जोड दिने बताएको छ ।

हाल संचालनमा रहेका निजी लागानिबाट संचालित माध्यमिक विद्यालय १०ं२ तथा उच्च शिक्षालयहरूको संख्या १९७७ भन्दा बढि पुगिसकेको र करिब ५ लाख ५० हजार विद्यार्थीहरू अध्ययनरत छन् भने २ लाख भन्दा बढी शिक्षक, प्राध्यापक एवं कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । राज्यले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने दायित्वलाई घटाउँदै लगेको अवस्थामा निजी शिक्षालयहरूले लगानी बढाउदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका छन् । मुलुकको बदलिँदो परिवेश अनुसार नीजि शिक्षालयहरूले शिक्षा जगतमा अहम भूमिका खेलेका छन् । शिक्षा सेवा मुलक र व्यावसायिक क्षेत्र भएको साथै निजी शिक्षालयहरुले विद्यार्थी र अभिभावकहरुलाई मात्र नभई सिङ्गो राष्ट्रलाई पनि प्राज्ञिक एंव शैक्षिक सेवा प्रदान गरी मुलुक प्रतिको दायित्व पुरा गरेको छ ।” प्रेस विज्ञप्तीमा उल्लेख छ ।

उत्कष्ट शिक्षा नेपालमै भन्ने नारा साथ उकृष्ट शैक्षिक संस्था र कार्यक्रम हुँदा हुदै पनि विदेशी शिक्षाको नाममा बार्षिक रूपमा लाखौ विद्यार्थीहरू बाहिर जाने र अरबौं रूपैया बाहिरिरहेको सन्दर्भमा शिक्षालय संचालक र सरकार संवेदनशील हुन जरूरी छ । त्यसको लागि निजी क्षेत्र मात्र होइन सामुदायिक क्षेत्रसँग समेत हातेमालो र सहकार्य गर्दै पब्लिक प्राइभेट पाटर्नरसिप मार्फत राष्ट्रको समग्र विकासमा हिसान प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठ काठमाडौंमा हुने आठौं महाधिवेशनमा ३५ जिल्लाका ६०० शिक्षालयबाट प्रतिनिधिको सहभागिता रहने र ५० जना पर्यवेक्षकहरू गरी ६५० जनाको उपस्थिति रहने जनाइएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.