टाइफाइड विरुद्धको खोप अभियान आजदेखि सुरूः प्रधानमन्त्रीद्वारा शुभारम्भ

चैत २४, काठमाडौं । टाइफाइड विरुद्धको देशब्यापी खोप अभियान आज बिहबिारदेखि सुरू भएको छ ।

काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानको उद्घाटन गर्नुभएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइने यो खोप अभियान बैशाख २५ गतेसम्म संचालन हुनेछ । देशब्यापी रुपमा बालबालिकालाई भोलि शुक्रबारदेखि खोप दिन सुरू गरिनेछ ।

नेपालमा टाइफाइड विरुद्धको खोप अभियान पहिलो पटक दिन लागिएको हो । खोप अभियानमा झण्डै ७५ लाख बालबालिका समेट्ने लक्ष्य राखिएको छ । वडा स्तरमा रहेका खोप केन्द्रहरुबाट बालबालिकालाई खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.