निर्वाचन आयोगले ७९ दललाई बोलायो

चैत २२, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताका विषयमा छलफल गर्न दलहरूलाई बोलाएको छ । बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

“निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि दलहरूसँग प्रतिबद्धता खोजिएको हो,” प्रवक्ता पौडेलले भने, “स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने प्रयोजनका लागि दर्ता भएका दलहरूलाई बोलाइएको छ ।” निर्वाचन आयोगमा ७९ राजनीतिक दल दर्ता छन् । स्थानीय तह निर्वाचन, २०७९ आउँदो वैशाख ३० गते हुँदै छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.