सत्ता गठबन्धन दलका नेताको बैठक जारी

चैत २२, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

बैठक स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित हुनेछ । स्थानीय निर्वाचनमा गठबन्धनबीच तालमेलको रणनीतिका विषयमा बैठकमा छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, कांग्रेसका नेता रामचन्द्र पौडेललगायत सहभागी छन् ।

यसअघि, प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि गठबन्धन दलका नेताहरूको बैठक बसेको थियो । त्यो बैठकमा निर्वाचनमा तालमेल गर्ने सहमति भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.