मिनु तामाङ ।
चैत १७, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नंं ५ मा परिवर्तनशील महिला संजालद्वारा आयोजना गरिएको ७ दिने महिला क्षमता प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित उक्त प्रतियोगीतामा भाग लिएका प्रतिस्पर्धीलाई नयाँ बस्ति स्थित बाँसुकी पार्टी प्यालेसमा आज (विहिबार) सम्मानपत्र वितरण गरि समापन गरिएको हो । चैत १० गतेदेखि सुरु भएको सो कार्यक्रममा महिलाहरुको आत्माबल बढाउन लुकेको प्रतिभा प्रस्तुत गराई क्षमता अभिवृद्धि गराउने उद्देश्यले आयोजना गरिएको आयोजकले बताएको छ ।

समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा क्षेत्र नं ३ का संघीय सांसद कृष्ण राई, विशेष अतिथि गोकर्णेश्वर नगरपालिका वडा नंं – ५ का वडा अध्यक्ष नारायण सुवेदी, अतिथिहरुमा वडा सदस्य लीलामणि खतिवडा, वडा सदस्य दुर्गा फुयाँल, एमाले नेता पुण्य चौलागाई, कृष्ण कुमारी वि.क., तराना महिला समाजकी अध्यक्ष बसन्ती लामा लगायत रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृष्ण राईले महिलाहरु भित्र लुकेर बसेको प्रतिभालाई प्रतियोगीताले बाहिर प्रस्तुत गर्न मद्दत पु¥याएको बताए । उनले ७ दिनको छोटो अवधिमा पनि सहभागीहरुले निकै उत्कृष्ट प्रस्तुति दिइएको भन्दै प्रशिक्षकहरुलाई धन्यवाद दिए । प्रमुख अतिथि समेत रहेका राईले परिवर्तनशील महिला समूहको कामलाई प्रशंसा गर्दै आगामी दिनहरुमा पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिने प्रतिवद्धता जनाए । त्यस्तै नारायण सुवेदीले कार्यक्रममा बोल्दै वडाबाट महिला लक्षित कार्यक्रम अन्तर्गत विभिन्न सीप विकास एवम् क्षमता अभिवृद्धिमार्फत आत्मानिर्भर बनाउँदै आएको बताए । यो प्रतियोगीताले पनि महिलाहरुलाई थप उर्जा मिल्ने बताउँदै नेतृत्व विकासमा समेत परिवर्तन ल्याउन सक्ने बताए ।

परिवर्तनशिल महिला संजालका कार्यबाहक अध्यक्ष शोभा पुडाशैनी (पाठक) को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार एवम् सहभागी प्रतियोगीहरुको बाग्लो उपस्थिति रहेको थियो ।













