चैत १७, काठमाडौँ । नेकपा एमाले रामेछापका युवा नेता राजेन्द्र अधिकारीले स्थतानीय तहमा भएको समस्या सम्बोधन गर्नका लागि आउने निर्वाचनमा वडा अध्यक्ष पदको दावी गरेका छन् ।
मन्थली नगरपालिका वडा नं. १३ मा एमालेबाट वडा अध्यक्ष पदमा उम्मेद्वार उठ्ने तयारी गरेका छन् । उनले विगत १० वर्षदेखि राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएका छन् । समाजको रुपान्तरणका लागि शैक्षिक, आर्थिक र सामाजिक रुपमा सक्षम व्यक्तित्व निर्माण गरेका अधिकारीले स्थानीय तहदेखि नै व्यवस्था परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । आम नागरिकको चाहना अनुसार काम हुन नसकिएको र आवश्यक सूचनाबाट नै बञ्चित भईरहेको बेला उनले काम गर्ने शैली र सेवा प्रवाहमा जनप्रतिनिधिले गर्नुपर्ने दायित्वबारे आफ्नो धारणा प्रस्तुत गरेका छन् ।
संघीय संरचनापछि मूलुकमा केही परिवर्तन आएपनि स्थानीय तहहरुमा सन्तोषजनक उपलब्धी हासिल गर्न नसकिएको र आगामी निर्वाचनमा त्यसलाई चिर्दै आगाडी बढ्नुपर्ने बताएका छन् । जनतालाई सेवाप्रवाहमा सरल र सहज बनाई जनतामैत्री स्थानीय तह निर्माणको पक्षमा जानुपर्ने उनको तर्क छ । सफल व्यवसायी समेत रहेको राजेन्द्र अधिकारी पार्टी संगठनमा रहेर काम गरेको अनुभावका आधारमा आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदको बलियो उम्मेद्वार हुने दावी गरेका छन् ।
नेकपा एमाले रामेछाप– काठमाडौँ सम्पर्क मञ्चमा रहेर काम गरेको अनुभव रहेको उनले संगठनले दिएको जिम्मेवारी कुशलपूर्वक निर्वाह गर्दै आएका छन् । मन्थली वडा १३ काठमाडौँ सम्पर्क मञ्चको प्रथम अध्यक्ष हुँदै भूगोलको राजनीतिमा प्रवेश गरेका अधिकारीले मन्थली नगर– काठमाडौँ सम्पर्क मञ्चको उपाध्यक्ष भएर सक्रिया राजनीति गरेको छ ।
रामेछाप – काठमाडौँ सम्पर्क मञ्चको सदस्य
एमाले र माओवादी वीचको गठबन्धनमा मन्थली नगरपालिका वडा कमिटिमा काम गरेको अनुभव रहेका उनी पछिल्लो समयमा नेकपा एमाले रामेछाप– काठमाडौँ सम्पर्क मञ्चको ११ औँ सम्मेलनबाट सचिवालय सदस्यका जिम्मेवारी लिएका छन् ।
सामाजिक कार्य
विभिन्न समयमा राजनीतिक जीवनसंगै सामाजिक कार्यमा निरन्तर रुपमा लागि परेको राजेन्द्र अधिकारीले वडावासीहरुको समस्याको समाधान गर्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै आईरहेको छ । उनले असहाय पीडितहरुलाई राहत व्यवस्थापन, सिन्धुपाल्चोकको मेलम्ची बाढी पीडितलाई राहत, मन्थलीमै स्वास्थ्य शिविर लगायत सामाजिक सेवाको कार्यमा लागेका छन् ।

समुदाय र संगठनको हितमा अधिकारी
सामाजिक परिवर्तन चाहाने, युवा रोजगारी सिर्जना गर्न सक्ने क्षमताको व्यक्तित्व गुण भएका उनले अहिलेको समय र परिस्थिीतमा एमालेको संगठनलाई बलियो र शसक्त बनाउन लागि परेका छन् । पार्टीको जीत हासिल गर्न व्यक्तिवादी स्वार्थभन्दा संगठानिक हित र समुदायको समृद्धिका लागि अगाडी बढ्ने सोँच बोकेका उनले विकास निर्माण र जनताको समस्याबारे गहिरो अनुभव र अध्ययन गरेका छन् । पार्टीले आफ्नो अनुभव, योग्यता र क्षमताको मूल्यांकन गर्ने विश्वासका साथ आफ्नो उम्मेद्वारी दिने पक्षमा रहेको राजेन्द्र अधिकारीको भनाई छ । हाम्रो तर्फबाट पनि अधिकारीलाई सफलताको लागि आग्रिम शुभकामना छ ।

