राति बत्ती बालेर सुत्दा स्वास्थ्यमा असर पर्न सक्छ

काठमाडौँ । तपाई हामीमध्ये धेरैको राति बत्ती बालेर सुत्ने बानी हुन्छ। एक अध्ययनमा भनिएको छ कि रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर खाले असर पर्न सक्छ।

विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ। तर औषधि पनि आवश्यकता भन्दा धेरै लिनु हानिकारक हुन्। यदि रातको समयमा कृत्रिम प्रकाश हाम्रो शरीरमा कायम भईराख्दा त्यसले निश्चित रुपमा शरीरमा नकारात्मक असर पार्छ। यसले हाम्रो निद्रा प्रभावित हुन्छ जसका कारण हाम्रो रक्तचापमा उतारचढाव आउँछ। कृत्रिम प्रकाशले मस्तिष्कमा पनि प्रभाव पार्छ।

शोधकर्ताहरुका अनुसार रातमा बत्ती बालेर सुत्नाले शरीरमा क्यान्सर कोशिकाहरु सक्रिय बन्दछन्। रातिमा बत्ती बालेर सुत्ने महिलामा अँध्यारोमा सुत्ने महिलामा भन्दा स्तन क्यान्सरको जोखिम २२ प्रतिशतले बढ्ने शोधकर्ताहरुको निश्कर्ष छ।

विभिन्न कारण रातको समयमा प्राकृतिक रुपमा अँध्यारो नै होस् भन्ने शरीरले चाहन्छ। यदि रातभर नै उज्यालो प्रकाशमा बस्ने र काम गर्ने गरिरहने हो भने केही समयपछि नै शरीरमा विभिन्न खाले नकारात्मक असर पर्दछन्। यसअघिका विभिन्न अध्ययनले रातको सिफ्टमा काम गर्ने मानिसहरुमा तनाव, क्यान्सर, मधुमेह लगायतका समस्याको जोखिम बढ्ने देखाएको छ। एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.