स्थानीय तहको चुनाव बहिष्कार गर्ने समाजवादी कांग्रेसकाे निर्णय

चैत १६, काठमाडौं। बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने निश्चित भएको छ। निर्वाचन आयोगले तीब्र ढंगले काम अगाडि बढाएको छ। तर त्यही निर्वाचन आयोगमा रितपूर्वक दर्ता भएको नेपाल समाजवादी कांग्रेसले भने निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ।

समाजवादी कांग्रेसको चैत्र १२ गते बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले चुनाव बहिष्कार गर्ने निर्यण गरेको पार्टी अध्यक्ष गोबिन्द निरौलाले बताए। अध्यक्ष निरौलाले भने(‘प्रजातान्त्रिक मूल्य र मान्यताका नाममा देश विघठन गराउने प्रपन्च सहित गरिन लागेको चुनाव निस्तेज पार्न हामीले रणनीति बनाइसकेका छौं’ पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको केन्द्रीय समितिको बैठकले चुनाब बहिष्कार गर्दै बहिष्कारको नमूना समेत देखाउने निर्णय गरेको उनको भनाइ छ।

राष्ट्रियता, प्रजातन्त्र, हिन्दुराज्य र राजसंस्थाको मुद्दालाई बोकेर नेपाली हावापानी अनूकुलको राजनीतिक दर्शनको वकालत गर्दै आएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.