अध्यक्ष नेपाल टर्की प्रस्थान

चैत १५, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन्।

टर्कीको अंकारामा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी सोमबार बेलुकी १० बजे त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। अध्यक्ष नेपाल टर्किस एअरलाइन्सको जहाजमार्फत् इस्तानाबुल हुँदै अंकरातर्फ प्रस्थान गरेको उनका स्वकीय सचिव मोहन गौतमले बताए।

मार्च २९ देखि ३१ सम्म आयोजना हुने इकोक्लाइमेट सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने उनले बताए। अध्यक्ष नेपाल चैत १९ गते स्वदेश फर्कने कार्यक्रम छ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.