साना दलका निर्वाचन चिन्ह मतपत्रमा समावेश गरिने

चैत १४, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक अन्य साना दलको निर्वाचन चिन्ह पनि मतपत्रमा समावेश गर्ने निर्णय गरेको छ ।

आयोगको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता शालीग्राम शर्मा पौडेलले साना ७३ दलको जिल्ला कार्य समितिको संरचना पेश गर्न आयोगबाट भएको निर्देशन बमोजिम आयोगबाट प्रदान गरिसकिएको निर्वाचन चिन्ह, स्थानीय तह निर्वाचनको सदस्य सम्बन्धित जिल्लाको मतपत्रमा समावेश गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । यसैगरी, निर्वाचनमा ८७ लाख, ४१ हजार पाच सय ३० महिला र ८९ लाख, ९२ हजार दश जना पुरुष गरी जम्मा एक करोड ७७ लाख ३३ हजार सात सय २३ कुल मतदाताको अन्तिम नामावली आयोगले स्वीकृत गरेको पनि उहाँले बताउनुभयो ।

आयोगले दश हजार सात सय ५६ मतदान स्थल अन्तर्गत २१ हजार नौ सय ५५ मतदान केन्द्रहरु स्वीकृत गरेको छ । स्थानीय तहको निर्वाचनमा पर्यवेक्षणमा भाग लिन ईच्छुक संस्थालाई निवेदनका लागि पनि आव्हान गरिएको आयोगले जनाएको छ । राष्ट्रिय संस्थाहरुले मात्रै पर्यवेक्षणमा भाग लिन पाउनेछ पनि आयोगले बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.