राप्रपाको कार्यसम्पादन समिति २० सदस्यीय

चैत १४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिमा २० सदस्यीय कार्यसम्पादन समिति निर्माण भएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रको २० सदस्यीय कार्यसम्पादन समिति गठन गरेका हुन् । पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्यलाई समावेश गर्दै कार्यसम्पादन समिति गठन भएको हो । उक्त समितिमा अध्यक्ष लिङ्देन, उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, उपाध्यक्ष रोशन कार्की, हेमजङ्ग गुरुङ, मुकुन्द श्याम गिरी तथा महामन्त्रीहरु डा. धवल शमशेर राणा, महामन्त्री भुवन पाठक, कुन्ती कुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह छन् ।

त्यस्तै समितिमा केन्द्रीय सदस्यहरु दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार रहेका राप्रपाले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.