बिमस्टेकको पाँचौ शिखर सम्मेलन कोलम्बोमा सुरु

चैत १४, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलन सोमबारबाट सुरु भएको छ ।

श्रीलंकाको राजधानी कोलम्बोमा भइरहेको तीन दिने सम्मेलनमा सहभागी हुन परराष्टमन्त्री नारायण खड्का नेतृत्वको प्रतिनीधिमण्डल मंगलबार श्रीलंका प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ ।

सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ । बिमस्टेकको पाँचौं सम्मेलन हाइब्रिड (आधा भर्चुअल र आधा भौतिक उपस्थिति) शैलीमा हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.