एकीकृत वस्तीको योजना प्रभावकारी देखिएन : मन्त्री झाँक्री

चैत १४, काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भुकम्पछि निर्माण गरिएका एकीकृत वस्तीको योजना प्रभावकारी नदेखिएको बताउनु भएको छ । उहाँले सरकारले एकीकृत वस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भएपनि प्रभावकारी नदेखिएको बताउनुभएको हो ।

आइतबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले सरकारले भुकम्पछि सरकारले एकीकृत वस्तीको योजना बनाएर वस्ती निर्माण गरिए पनि प्रयोगमा आउन नसकेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘सरकारले जुन लक्ष्य र उद्देश्यको साथ एकीकृत वस्ती निर्माणको काम अघि बढाएको थियो, तर प्रभावकारी प्रयोग देखिएन ।’ मन्त्रालयको कतिपय नीति तथा कार्यक्रमलाई समेत पुनर्विचार गर्ने गरी गृहकार्य गरिरहेको बताउँदै मन्त्री झाँक्रीले एकीकृत वस्ती निर्माण गरिए पनि प्रभावकारी बन्न नसकेको बताउनुभयो ।

पूर्वाधार क्षेत्रमा रहेर कलम चलाउँदै आएका पत्रकारको संगठन बन्नु सुखद रहेको बताउँदै संस्थाका उहाँले पूर्वाधार क्षेत्र महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष जीवन बस्नेतले पूर्वाधार क्षेत्रमा कलम चलाईहेका पत्रकारहरुको विषयगत क्षमता अभिवृद्धिका लागि मन्त्रालयले सहयोग हुने अपेक्षा गरेको बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.