नेपाल र चीनबीच यी ९ समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

चैत १२, काठमाडौं । नेपाल र चीनबीच ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठकपछि दुई देशका अधिकारीले समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा सम्बन्धित अधिकारीले आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सहायता, ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहयोग सम्झौता (चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययनं) मा हस्ताक्षर गरेका छन् ।

यस्तै, भन्सारको सामान्य प्रशासन सम्बन्धी प्रोटोकल (नेपालबाट चीनमा सुरक्षित तवरमा हेलेज निर्यात), भन्सार छुट गराउने सम्बन्धी एक्सचेन्ज पत्र, अरनिको राजमार्ग मर्मतसम्भार परियोजनाको हस्तान्तरण, रेल क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने, चीनको नेशनल रेलवे प्रशासनले नेपालको रेल क्षेत्रमा सहयोग बढाउने र नेपाललाई कोभिड–१९ खोप वितरण र स्वीकृति प्रमाणपत्रमा हस्ताक्षर भएका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.