चैत ११, बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी बामपन्थी शक्तिमा पहिलो पाटी हुने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् बैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा बामपन्थी शक्तिमा माओवादी पहिलो हुने बताउनुभयो । उहाँले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी माओवादी भएकाले प्रतिक्रियावादीहरुले भ्रम फैलाइरहेको आरोप लगाउनुभयो । “माओवादी पार्टी अब चुनाव नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेको” मन्त्री पौडेलले भन्नुभयो, “देशी विदेशी शक्तिले चौर्फी हमला गरिरहेको छ ।” पार्टीको महाधिवेशन सम्पन्नपछि पार्टी पुर्ननिर्माणको क्रममा रहेको भन्दै आगामी निर्वाचनमा पहिलो बामपंथी शक्ति हुने बताउनुभयो ।
जनक्रान्तिको कार्यभार अझै बाँकी रहेको भन्दै सुशासन र समृद्धि हुँदै समाजवादको यात्रामा रहेको बताउनुभयो । संविधानको प्रस्तावनामा जनताको मैलिक हकअधिकारको कुरा लेख्ने पार्टी माओवादी भएको भन्दै अहिलेका स्थापित मुद्धाको मार्गचित्रमा माओवादी भएको उल्लेख गर्नुभयो । “हामीले बलिदान, त्याग र तपस्या र आत्मबलिदान नगरेको भए अहिलेको परिर्वतन आउने थिएन, उहाँले भन्नुभयो, “माओवादीले प्राप्त गरेका उपलब्धी जीवन्त रहन्छन् ।” माओवादी पार्टीबाट सरकारको जिम्मा लिनुभएका सार्थीहरुले धोका दिए (बादलसमूह)।” उहाँले भन्नुभयो, “बैचारिक बहस थियो तर सरकारमै सहभागी भएर जिम्मेवारी लिएर धोका दिएका कमरेडहरु अहिले माओवादीलाई सराप्दै हिँडेका छन् ।” मन्त्री पौडेलले आगामी निर्वाचनमा हामी आफ्नै बलबुतामा चुनाव लड्नु प्रमुख भएको भन्दै जनताका काममा थप लाग्न आग्रह गर्नुभयो । हिजोको स्थितिमा माआवादी नभएको भन्दै पार्टी पहिलेभन्दा सुढृढीकरण भएको उहाँको दाबी छ ।
एमसीसीको बारेमा भ्रम सिर्जना भइरहेको बताउँदै कानुनअनुसार एमसीसी लागू हुने बताउनुभयो । “जनताले उठाएका १२ बुँदे प्रश्नलाई कानुन बनाएर पास गरेका छौं” उहाँले भन्नुभयो, कानुनको अंग एमसीसी भएको छ । सहमति अनुसार नभए एक महिनाभित्र खारेज हुन्छ ।”
यस्तै माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरेले पार्टी निर्माण गर्न पार्टीको विचारलाई सहि तरिकाले जनतामा पुर्याउनुपर्ने बताउनुभयो ।
उहाँले पार्टीको विचार, कार्ययोजना, नीति जनतामाझ पुर्याउनुपर्ने भन्दै चुनाव केन्द्रीत हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । ठूलो संघर्षपछि आएको संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकार जनताप्रति उत्तरदायित्व नभएको भन्दै त्यसका लागि कार्यकर्ता सचेत हुनुपर्ने बताउनुभयो । माओवादी पार्टी विरुद्ध संयणन्त्र भइरहेको भन्दै शहीद तथा बेपत्ताको व्यवस्थापनका लागि पार्टीले सरकारसँग पहल गरिरहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश समिति सदस्य प्रेम घर्तिमगर, राजिब घिमिरे, चन्द्र अर्याल, नरेन्द्र छन्त्याल लगायतले बोल्नुभएको थियो ।

