पहाडी भू-भागमा दिउँसाे-राति मेघगर्जन-चट्याङ्गसहित वर्षाको सम्भावना

चैत ११, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

आज (शुक्रबार) बिहान देशका पहाडी र हिमाली भू– भागमा आंशिकदेखि सामान्य बदली रहेकोछ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ। प्रदेश– १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना छ।

शुक्रबार राती भने देशका पहाडी भू– भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू(भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश(१, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशक पहाडी भू– भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.