अष्ट्रेलियमा जानेहरुको मेडिकल परिक्षण गर्ने स्थान बढाउने राजदुत भोल्कको प्रतिवद्धता

चैत ९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासंग नेपालका लागि अष्ट्रेलियका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा दुइ देशबीचको सन् १९६० देखिको कुटनीतिक सम्वन्ध, नेपाललाई अष्ट्रेलियाले स्वास्थ्य क्षेत्रमा गरेको सहयोग तथा आगामी दिनमा हुनसक्ने सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो । छलफलमा मन्त्री खतिवडाले स्वास्थ्यका क्षेत्रमा अष्ट्रेलियाले नेपाल सरकारलाई गर्दै आएको सहयोगप्रति धन्यवाद प्रकट गर्नुभयो । भेटमा मन्त्री खतिवडाले नेपालबाट अध्ययन र रोजगारीका लागि अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परिक्षण सिमित स्थानबाट मात्र हुँदा नेपालीहरुले दुख पाइरहेको भन्दै धेरै ठाँउबाट परिक्षणको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

राजदुत भोल्कले यो गुनासो एक हप्ताभित्र सम्वोधन गर्ने आश्वासन दिनुभयो । ‘अन्यत्रबाट पनि यस विषयमा कुरा आएको छ, स्वास्थ्य परिक्षणको विषय त्यहाँको गृह मन्त्रालयसंग सम्वन्धीत छ, उता कुरा गरेर नेपालीहरुलाई कसरी सहज हुन्छ, त्यतातिर अघि बढ्छु ।’ –उहाँले भन्नुभयो । भेटमा राजदुतले मन्त्रीको आग्रहमा थप तीनवटा स्थानमा परिक्षणको व्यवस्था मिलाउन आफुले पनि चाहेको र त्यसो भएमा छिटै परिणाम निस्कने आशा गर्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.