चैत ९, काठमाडौँ । राष्ट्रिय महिला आयोगले सुरक्षा निकायसँग महिला हिंसा निवारणको लागि रणनीतिक योजना बैकठ र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बुधवार भएको सो कार्यक्रममा महिला हिंसा न्यूणिकरणमा प्रभावकारी संयन्त्रण निर्माण गर्न नसकिएको सहभागी प्रतिनिधिहरुले बताएका छन् । हिंसाजन्य अपराधिक क्रियकलापमा संलग्नलाई कारवाही गर्न आवश्यक कानुन परिमर्जन गर्नुपर्ने बताउँदै अपराधीलाई राजनीतिले संरक्षण गरेको आरोप लगाएका थिए । अपराधीहरुलाई कारवाहीको प्रक्रियामा राजनीतिक हस्ताक्षेप भएको उल्लेख गर्दै आवश्यक कानुन बनाउनुपर्ने सहभागीहरुको सुझाव छ । जस्तोसुकै अपराधीहरुको संरक्षण र कारवाही प्रक्रियामा वाधा पु¥याउने काम राजनीतिबाटै भएको भन्दै हिंसाजन्य गतिविधि रोक्न राजनीतिक क्षेत्रबाटै सचेत गराउनुपर्ने सरोकारवालाहरुको भनाई छ ।
आयोगकी अध्यक्ष कमला पराजुलीले महिला हिंसामा परेकाहरुको न्यायका लागि काम गर्दै आएको बताउँदै महिला हिंसा सम्बन्धि सम्बन्धित निकायहरुले आवश्यक जानकारी नराख्दा सेवा लिन कठिन भएको बताईन् । महिला हिंसा हरेक दिन २० देखि २५ वटा घटना हुने गरेको बताईन् । महिला हिंसाको घटना २०७८ को साउन सम्ममा ९६७ वटा, ८६३ घरेलु हिंसाका भएका छन् । सुदुर पश्चिममा सबैभन्दा बढि महिला हिंसाका घटना हुने गरेको अध्यक्ष पराजुलीले बताईन् ।
त्यस्तै आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले महिला हिंसाबारे अनावश्यक टिप्पणी गर्दा महिलाको चरित्र हत्या गर्ने कार्य भएको उल्लेख गर्दै विभिन्न अनलाईन खबरमा पिडित महिलाको कपोकल्पीत र भ्रामक समाचारहरु प्रकाशन गर्ने कार्यले पिडित महिलाको सम्मान पूर्वक बाँच्न पाउने अधिकार र गोपनियताको अधिकारलाई कुण्ठीत पार्ने काम रोकिनु पर्ने बताए ।

