बैशाखबाट वीर अस्पतालले दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गरिने

चैत ८, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले भक्तपुरको दुवाकोटमा आधुनिक नमुना अस्पताल बनाउने बताएका छन् । सो नबनेसम्म दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गर्ने घोषणा गरेका छन् ।

आज मन्त्री खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजनाको अनुगमन गर्दै स्थानीयसंग अन्तरक्रिया समेत गरेका थिए । छलफलपछि वीर अस्पतालका लागि प्रस्तावित जग्गा स्वास्थ्यमन्त्री खतिवडाले निरिक्षण गरि आगामी २०७९ बैशाख १ गतेबाट स्थानीयको माग बमोजिम सो सुविधा सञ्चालनमा ल्याउने घोषणा गरे । वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले स्थानीयको माग र सरकारको निर्देशन बमोजिम आफुहरु सेवा दिन तत्पर रहेको बताए ।

बैशाख १ गतेबाट दुवाकोटमा ल्याब, एक्सरे सेवा सुरु गर्दै त्यो ठाउँमा पायक पर्नेलाई सेवा दिइने उनको भनाइ छ । अनुगमनका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, स्वास्थ्य मन्त्रालयमा सचिव द्धोय डा. रोशन पोखरेल र देवकुमारी गुरागाँइ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति देवनारायण साह, मन्त्रालयका विज्ञ सल्लाहकार डा. रमेश ढकाल, नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल, प्रवक्ता डा. संगिता मिश्रा लगायत स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको टोली पुगेको थियो । टोलीलाई मेयर सोम मिश्र लगायतले स्वागत गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.