चैत ६, काठमाडौँ । काठमाडौँको जोरपाटी नारायणटारमा रहेको इस्टपोल इन्टरनेशनल कलेजले दशौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार द लप्सी रिसोर्ट नगरकोटमा नेपाल स्टक एक्सचेन्जका म्यानेजर निरञ्जन फुयाँलको प्रमुख आतिथ्यता तथा कलेजका संस्थापक अध्यक्ष ईश्वर प्रसाद सापकोटाको अधक्षतामा सम्पन्न सो सभा सम्पन्न भएको हो ।
साधारण सभामा कलेजका फाइनान्स डाइरेक्टर प्रमोद फुयाँलद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । एकेडेमिक डाइरेक्टर श्याम रुपाखेतीले सञ्चालन गरेको उक्त कार्यक्रममा कलेजका प्रमुख राजेश राईले शैक्षिक गतिविधिबारे प्रकाश पारेका थिए । विद्यार्थी र अभिभावकको भावनाअनुसार सेवा प्रदान गर्न सफल भएको बताउँदै शैक्षिक गुणस्तरमा कुनै कमजोरी नरहेको कलेज प्रमुख राईले बताए । कार्यक्रममा कलेजका प्रोग्राम डाइरेक्टर कुशल थापाले स्वागत मन्तब्य राखेका थिए ।

