हामी एक्लै चुनाव लड्न तयार छौं – मन्त्री पौडेल

चैत ६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताउनुभएको छ ।

बागलुङ काठमाडौं सम्पर्क समन्वय समिति काठमाडौं आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै उहाँले माओवादी एक्लै चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताउनुभयो । “हामी अरुभन्दा धेरै लचिलो छौं,” मन्त्री पौडेलले भने, “हामी आफ्नै बुताले चुनाव लडेर जित्छौं । हामीले चुनाव जित्ने ठाउँ हिजो पनि थिए आज पनि छन् ।” कांग्रेसका कार्यकर्ताले माओवादीको कारण परिर्वतन भएको भन्ने बहस भएको भन्दै शहीद परिवारले उनीहरुको सपना साकार पार्न सक्रियतापूर्वक राजनीतिमा लाग्न आग्रह गर्नुभयो । माओवादीको कारण धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपातिक लगायतका उपलब्धी हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियवादी लागेको आरोप लगाउनुभयो ।

विचार, राजनीति, र दृष्टिकोण फरक भएपनि जिल्लाको विकासका लागि नेताहरु एकम रहेको भन्दै बागलुङको विकासका लागि जीवन रहनुन्जेल व्यत्तित् गर्ने बताउनुभयो । यस्तै माओवादी केन्द्रीय सदस्य दिनानाथ शर्माले अहिले सरकारमा राख्ने र सडकमा पुर्याउने शक्ति माओवादी भएको बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्च शिक्षामा सुधार नुहने बताउनुभएको छ । थापाथली इन्जिनियरिङ क्याम्पसको५६ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुन भएन अहिले युगसुहाउँदो हुनुपर्छ’, मन्त्री पौडेलले भन्नुभयो, ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसहरुको सवलिकरणमा ध्यान दिनुप¥यो ।’ देश सुरुङमार्ग, लिफटिङ सिचाई, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै इन्जिनियरलाई गम्भीर हुन आग्रह गर्नुभयो । ‘जाँदा पिच भएको बाटो फर्किदा भत्किएको हुन्छ’ मन्त्री पौडेलले भन्नुभयो, ‘यस्तो परम्परालाई चिर्नुप¥यो ।’

पूर्वाधार निमार्ण भनेको इन्जिनियरको बढी भूमिका हुने बताउँदै सानो गल्तीले राज्यलाई ठूलो क्षति हुने बताउनुभयो । समृद्धि भन्नाले पूर्वाधार निर्माण पनि हो,’ उहाँले भन्नुभयो , ‘यसका लागि दक्षजनशक्ति चाहिन्छ ।’ विभिन्न चरणमा भएका सम्झौतालाई अहिले कार्यान्वयन गर्ने चरणमा रहेको बताउँदै यसवर्षदेखि देशका ४० बढी क्याम्पसहरुको भौतिक संरचना बन्ने उहाँको भनाइ छ । कार्ययोजना, दक्षता, लगनशील, अनुसाशन र उर्जाशील भएमात्रै नविनतम नतिजा दिन सकिने बताउनुभयो । आफ्नो अधिकारको खोजी मात्रै गरेर नुहुने भन्दै कतव्र्य पनि भूल्न नहुनेमा उहाँले जोड दिनुुभयो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.