चैत ४, काठमाडौं । संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको आज (शुक्रबार) सुनुवाई हुँदैछ ।
गत २०७८ भदौ १७ गते जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका ५२ मुद्दा अवरुद्ध हुँदै आएका सोही मुद्दाको शुक्रबार बिहान ११ बजे सुनुवाई हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले ईमेजखबरलाई जानकारी दिनुभएको हो । साथै अन्य मुद्दाका विषयमा पनि छलफल हुने उहाँले बताउनुभएको छ ।
अधिवक्ता डा। गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा गत २०७८ भदौ १७ गते जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका छैनन् । सोहि रिट निवेदन शुक्रबार पेशीमा चढ्ने भएको छ । सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनमा एमिकस क्यूरी (अदालतका सहयोगी) पठाईदिन आग्रह गर्दै पत्र समेत लेखिसकेको छ । यो मुद्दामा दुवै बारबाट २ ÷ २ जनाका दरले एमिकस क्यूरी पठाउनु भनी आदेश समेत जारी भएकोथियो ।

