एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा

चैत ३, काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ ।

शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा विभिन्न सात एजेन्डामा छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकका एजेन्डामा राजनीतिक प्रतिवेदन, जनपरिचालन अभियान, विभागको पूर्णता, पार्टी प्रवेश, घोषणापत्र, प्रचार कार्ययोजना र विविध रहेको छ । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गते हुँदै छ । निर्वाचनको घोषणापत्रका विषयमा पार्टीमा छलफल गर्न लागिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.