भोलिबाट सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द हुने

फागुन ३०, काठमाडौं । यातायात व्यवस्था विभागले भोलिदेखि सवारी साधन अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द गर्ने भएको छ ।

अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको छ । कोरोना महामारीका कारण लामो समयदेखि विभागले सवारीसाधन अनुमतिपत्र लाइसेन्स लिन चाहनेहरूलाई सहजै उपलब्ध गराउन सकेको छैन । कोरोना महामारीयता विभागमा उच्च आवेदन पर्दै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.