कालोपुलबाट पाँच किलो गाँजासहित दुईजना पक्राउ

फागुन ३०, काठमाडौं । काठमाडौंको कालोपुलबाट पाँच किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिलासहित दुईजना छन् ।

काठमाडौं महानगरपालिका–७ कालोपुल डेरा गरी बस्ने झापाका ३१ वर्षीय बिरेन कपाली र इलाम घर भएकी ३९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट पाँच किलो अवैध लागुऔषध गाँजा बरामद भएको छ । प्रहरीले उनीहरुको कोठामा जाँच गर्ने क्रममा उक्त गाँजा लुकाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.