फागुन २७, मेक्सिको सिटी । अमेरिकी सीमा गस्ती टोलीले गत महिना मेक्सिकोबाट अमेरिका छिरेका एकजना पुरुषका लुगाफाटाभित्र लुकाइएका अवस्थामा दर्जनौँ संख्यामा सर्प र माउसुली भेटाएको थियो । २५ फेब्रुअरीमा स्थानीय समयअनुसार बिहान करिब ३ बजे सान डियागो नजिक सान सिड्रो सीमा पार गरेका व्यक्तिबाट ती चिज फेलापरेको थियो ।
एउटा पिक अप भ्यान चलाउँदै गरेका नाम नखुलाइएका ती पुरुषलाई शंका लागेर गस्ती टोलीले निरीक्षणका लागि रोकेको थियो । सुरक्षा अधिकारीहरूले उनले आफ्ना ज्याकेट, पाइन्टका खल्ती र संवेदशील अंग नजिक प्लास्टिटका झोलामा राखिएका ४३ वटा छेपारा र ९ वटा सर्प लुकाएर राखेका थिए । तिस वर्षीय ती अमेरिकी नागरिकलाई अवैध वन्जन्तुहरू तस्करी गर्न खोजेको आशंकामा गिरफतार गरिएको थियो । भन्सार तथा सीमा गस्ती (सीबीपी) अधिकारीहरूले तीमध्ये केही दुर्लभ प्रजातिका जीवलाई अहिले सुरक्षित स्थानमा अन्य जनावरहरूबाट टाढै राखिएको जानकारी दिएका छन् ।
बीबीसीबाट ।