फागुन २७, काठमाडौँ । हरिसिद्धको नाँचलाई जाला प्याँख भनिन्छ । जाला भनेको हरिसिद्धीको प्राचीन नाम हो । प्याँख भनेको नाँच हो ।
नेपालको सबैभन्दा पुरानो मुखुण्डो लगाएर नाँच्ने नाम हरिसिद्धिको नाँच हो । यो २४०० वर्ष अगाडि सुरु भएको बताइन्छ । राजा विक्रमादित्यको पालाभन्दा अगाडि यो नाँच नचाउन सुरु गरिएको हो । यो नाँचबारे नेपाल मण्डलका मुकुण्डो नाँच पुस्तकमा उल्लेख छ । सन् २००५ मा प्रकाशित यो पुस्तकमा विक्रमादित्यले आफ्ना कुल देवता हरिसिद्धिलाई नेपाल आउँदा लिएर आएका थिए । उनले वार्षिक रुपमा पवित्र कार्य अनुसार हरिसिद्धको नाँच चलाएको पनि भनिएको छ ।
हरिसिद्धिमा यो नाँच यमरी पूर्णिमा र फागु पूर्णिमा गरी दुईपटक नाँचिन्छ । हरेक १२ वर्षमा नयाँ पूजारी देखि नाँच्नेहरुलाई तालिम दिइन्छ । मुखुण्डोलाई पनि सफा गरी मर्मत गरिन्छ । यो नाँच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नाँचिन्छ । धुलिखेल, पनौती र फर्पिङमा पनि नचाइन्छ । दोलखामा पनि यो नाँच नचाइन्थ्यो । एक शताब्दीयता बन्द भएकोमा यस वर्ष नचाइने भएको छ । नेपाल संवत् ६८० मा दोलखामा राजा अमर मल्लको पालामा यो नाँच सुरु गरिएको हो ।

