पार्टीभित्र गुटबन्दी मौलाएको माओवादी अध्यक्ष दाहालको भनाइ

फागुन २५, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र मौलाएको गुटबन्दीले पार्टी समाज परिवर्तनको संवाहकका रूपमा स्थापित हुन नसकेको बताउनुभएको छ ।

पार्टीनिकट नेपाल उद्योग व्यवसायी महासंघको कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्र समाजवादोन्मुख समाज निर्माण गर्ने पार्टी भए पनि आक्रमक ढंगले प्रचार हुन नसकेको बताउनुभयो । अध्यक्ष दाहालले पार्टीले विधान संशोधन गरेर केन्द्रीय कमिटीमा व्यवसायी, चिकित्सक, इन्जिनियरलगायत समाजका क्षमतावान् व्यक्तिहरूलाई सहभागी गराइने पनि बताउनुभयो । माओवादी बिचौलियाको रोल खेल्ने अर्थतन्त्रको विकास गर्ने पक्षमा नरहेको उहाँको भनाइ छ ।

उद्योग, व्यवसायको विकास गरेर रोजगारी सिर्जना गर्नु अहिलको आवश्यकता भएको भन्दै अध्यक्ष दाहालले समाज विकासको नयाँ मोडेल खोज्नुपर्नेमा जोड दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.