जोन्टा क्लब अफ काठमाडौंद्वारा येलो रोज डे २०२२ मा प्रेरणादायक महिलाहरु सम्मानित

फागुन २४, काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ७ मार्च, २०२० अर्थात फागुन २२ गते “प्रेरणादायक र साहसी महिला” हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ ।

उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न विधामा उदाहरणीय काम गरेका चौध जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको थियो । कार्यकममा पुरस्कृत महिलाहरुले आफ्नो संघर्ष र सफलताको कथाहरु सुनाएका थिए । यसरी महिला सशक्तिकरणका वास्तविक पात्रहरुलाई सम्मान गर्दा सम्पूर्ण समाजमा नै सकरात्मक प्रभाव पर्ने र अन्य महिलाहरुलाई पनि आ–आफ्नो क्षत्रमा उत्कृष्ट काम गर्ने प्रेरणा मिल्ने आयोजक जोन्टा क्लब अफ काठमाडौँले जनाएको छ ।

पुरस्कारका विधाहरु र पुरस्कार विजेताहरुः
प्रिन्सेस हेलेन शाह इनस्पीरेशनल वुमन अफ द इयरः सुश्री प्रस्तुति भट्टराई र सुश्री वर्षा तामाङ
अमर राना गेम चेन्जर अवार्डः क्याप्टेन प्रिया अधिकारी
कोभिड हिरोहरुका लागि रत्न देवी अवार्डः सुश्री सुस्वप्न रिमाल
ज्योति स्कलरशिप अवार्डः वुमन इन बिजनेस स्कलरशिप वर्षा कटुवाल
वुमन इन टेक स्कलर शिप सुश्री सुक्रिती मास्के
इन्द्रकला स्कलरशिप अवार्डः योङ वुमन इन पब्लिक अफेयर्स मन्दिरा श्रेष्ठ
वुमन इन स्पेस मनिषा दावा

जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाज्युले भन्नुभयो, “समान अवसर भएको समृद्ध समाज निर्माणमा लागेका महिलाहरुलाई सम्मान गर्दै जोन्टा क्लब अफ काठमाडौँले नारी दिवस मनाउँदै आइरहेको छ । एउटा त्यस्तो समाज जहाँँ महिलाहरुले आफ्नो क्षमताको प्रमाण दिइरहनु पर्दैन । एउटा त्यस्तो समाज जहाँँ उनीहरुको कामको इज्जत हुन्छ र उनीहरुको उपलब्धिलाई सम्मान गरिन्छ । महिलाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नु अपवाद हैन सामान्य चलनको रुपमा लिइनुपर्छ ।”

त्यस्तै “अनसंग हिरोज” विधा अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न उल्लेखनीय योगदान पु¥याएका अन्य ४ जना महिलाहरुलाई पनि उनीहरुको असाधारण कार्यको प्रशंसा गर्दै जोन्टा क्लब अफ काठमाडौंले नबिल बैंकको सहयोगमा प्रतिव्यक्ति ३५,०००÷ रुपैयाँ प्रदान गरेको छ ।

सुश्री रेजिना बस्नेतः साझा यातायातको टिकट कलेक्टर
सुश्री सरिता चेपाङः रोरङ गाउँपालिका–१० बाट पहिलो महिला नर्स, जहाँँ २० वर्षमै छोरीहरुको विवाह गरिन्छ ।
सुश्री इश्वरी थापाः विगत १० वर्षदेखि ट्याक्सी चलाउँदै आउनुभएकि महिला ट्याक्सी ड्राइभर
सुश्री मनु थामीः पुरुषहरुले मात्र गर्दै आएका झ्याल–ढोका बनाउने काममा अब्बल महिला सिकर्मी
परम्परागत रुपमा पुरुष प्रधान मानिएका क्षेत्रहरुमा यी महिलाहरुले आफ्नो अब्बल उपस्थिति जनाएका छन् । कठिनाई र चुनौतीको वावजुद पनि आ–आफ्नो विधामा उत्कृष्ट काम गर्न सफल यस्ता महिलाहरुलाई सम्मान गर्न पाउनु आफैँमा एउटा गौरवको विषय भएको आयोजक जोन्टा क्लब अफ काठमाडौँले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.