कांग्रेसले थाल्यो निर्वाचन लक्षित अभियानको तयारी, देउवाले थाले छलफल

फागनु २४, काठमाडौं। नेपाली कांग्रेसले औपचारिक रूपमा स्थानीय तहको निर्वाचन लक्षित अभियान सुरु गर्न तयारी थालेको छ। अभियान सञ्चालन गर्न सबै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसको तयारी गरेको छ। जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउनेबारे सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन्।

मंगलबार बिहान सानेपास्थित पार्टी केन्द्र्रीय कार्यालयमा पार्टीका नेताहरूसँग सभापति देउवाले छलफल गरेको केन्द्रीय कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए। केही समय छलफल गरेर देउवा सानेपाबाट बाहिरिएका छन्। पार्टी उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग छलफल गरेका छन् । कांग्रेसले स्थानीय निर्वाचनको तयारीसँथै अमेरिकी सहयोग परियोजना एमसीसीबारे जनतामा रहेको भ्रम चिर्ने अभियान सुरु गर्ने भएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.