‘धर्म संस्कृतिको संरक्षण र प्रर्वद्धनमा गुम्बाको विशेष महत्व’

फागुन २४, काठमाडौँ । जोक्पा छेन्पो थर्पालिङ गुम्बाद्वारा आयोजित ल्होछार साँस्कृतिक कार्यक्रममा बोल्ने लामा गुरु तथा अतिथि वक्तहरुले धर्म संस्कृतिको संरक्षण र प्रर्वद्धनमा गुम्बाको विशेष महत्व रहेको बताएका छन् ।

शनिवार काभ्रेको रोशी गाउँपालिका वडा–२ स्थित ठूलो गाउँमा जोक्पा छेन्पो थर्पालिङ गुम्बा समितिको आयोजनामा भएको सो कार्यक्रममा उक्त भनाई राखेका हुन् । धर्म संस्कृतिले आफ्नो पहिचानको प्रतिनिधित्व गरेको र समाजलाई अनुशासनको दायरामा राख्न सहयोग पुग्ने वक्तहरु भनाई छ ।

विगत ३ वर्षदेखि आयोजना गर्दै आएको पूजा तथा साँस्कृतिक कार्यक्रममा पूर्वमन्त्री रेशम लामा, बागमति प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री चन्द्र लामा, नेता  लप्साङ तामाङ पाख्रिन, बौद्ध धर्मगुरु खेन्पो ङावाङ योन्जन लामा, कोशिस लोब्सङ वाईवा लगायत व्यक्तित्वहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो । धर्म संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्नका लागि आयोजित सो कार्यक्रममा लामा गुरुहरुले बौद्ध धर्म र ल्होछारको विशेषताबारे भनाई राखेका थिए ।

त्यस्तै अतिथिहरुले पनि रोशीको साँस्कृतिक पक्षहरुलाई प्रर्वद्धन गर्न जोड दिए । विकास निर्माणसंगै साँस्कृतिक पहिचान र प्रर्वद्धनमा स्थानीयहरुको जिम्मेवारी रहेको उल्लेख गर्दै आफ्नो घरदेखि नै भाषा, धर्म र संस्कृतिको विकास गर्न आग्रह गरेका थिए । तीन वर्ष अगाडी शिलान्यास भएको सो गुम्बा दुई तलाको भवन निर्माण भईसकेपनि सम्पन्न हुन बाँकी रहेको समितिका अध्यक्ष भिमबहादुर लोप्चनले जानकारी दिए । हरेक वर्ष गुम्बा समितिले ल्होछार सम्बन्धि विशेष पूजापाठ तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आईरहेका छन् । कलाकारहरुको समेत प्रस्तुति रहेको कार्यक्रममा विभिन्न स्थानबाट मानिहरु सहभागी जनाएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.